arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कवि प्रधानको ‘रङहरूको पहाड’ लोकार्पण

Dec 2, 2019  
विविध
Image Not Found


काठमाडौं (अस) । कवि कृष्ण प्रधानको १४औं कवितासंग्रह ‘रङहरूको पहाड’को बूढानीलकण्ठ नगरपालिकामा शनिवार आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ । कवि प्रधानका समकालीन साहित्यकारहरू अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, विष्णुविभू घिमिरेसहित गोपीकृष्ण शर्मा, भागीरथी श्रेष्ठ, कृष्ण धरावासीलगायतले उक्त कृतिको लोकार्पण गरेका थिए । दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा कृतिमाथि प्रकाश पार्दै कृष्ण धरावासीले कवि प्रधानका कविताहरूमा विचार र दर्शन पाइने बताए । उनले भने, ‘३० को दशकका प्रमुख कविहरूमध्ये कृष्ण प्रधान पनि एक हुन् ।’ प्रत्येक दशकका कविताहरूबारे छुट्टाछुट्टै कृतिहरू लेखिनुपर्ने आवश्यकता रहेको भन्दै उनले प्रधानले कविता विधामा गरेको साधना उल्लेखनीय भएको धारणा राखे । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभू घिमिरे, भागीरथी श्रेष्ठ, विवश पोखरेललगायतले पनि कवि प्रधानको योगदानमाथि चर्चा गरेका थिए । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । लोकार्पित कृति पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो । कवि प्रधान आर्थिक अभियान राष्ट्रिय दैनिकका नियमित लेखक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्