arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतीय जलसेनाले पायो पहिलो महिला पाइलट

Dec 2, 2019  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १६, कोची (भारत) । भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छन् ।

शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उनी गत वर्ष भारतीय जलसेनामा भर्ना भएकी हुन् ।

शिभाङ्गीले सोमवार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थालेकी छन् । उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाएकी छन् । रासस / एएनआई
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्