मंसिर १६, काठमाडौं । सोमवार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत कारोबार दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक यस दिन भने शून्य दशमलव ८६ अंक घटेर १ हजार १११ दशमलव ९९ विन्दुमा बन्द भएको हो ।
सोमवार नेप्से परिसूचक कारोबारको पहिलो एक घण्टाको अवधिसम्ममा यस दिनकै न्यून विन्दु १ हजार ११० दशमलव ९८ मा पुगेको थियो । सो पश्चात उकालो लागेको नेप्से परिसूचक दोस्रो घण्टाको अवधिमा बढेर १ हजार ११३ को विन्दुसम्म पुगेको थियो ।
सो विन्दुपश्चात ओरालो लाग्ने क्रममा यस दिनको बजार गत कारोबार दिन आइतवारको तुलनामा शून्य दशमलव शून्य ८ प्रतिशत घटेर बन्द भएको छ ।
सोमवार कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार र जलविद्युत् समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेर बन्द भएको छ ।
बढेर बन्द हुनेमा व्यापार समूहको परिसूचक सर्वाधिक ३ दशमलव २० प्रतिशत बढेको छ भने जलविद्युत् समूहको शून्य दशमलव २४ र बैंकिङ समूहको शून्य दशमलव ११ प्रतिशत घटेको छ ।
त्यसैगरी घटेर बन्द हुनेमा जीवन बीमा समूहको परिसूचक सर्वाधिक १ दशमलव २६ प्रतिशत घटेको छ । यस्तै, होटल विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, ‘अन्य’, लघुवित्त र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेका छन् ।
सोमवारको कारोबार
सोमवार रू. २३ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १२ दशमलव ५८ प्रतिशत बढी हो ।
गत कारोबार दिन आइतवार रू. २० करोड ६३ लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स भने यस दिन शून्य दशमलव ४४ अंक घटेर २४५ दशमलव ७१ विन्दुमा पुगेर बन्द भएको छ ।
नेशनल माइक्रोफाइनान्सको शेयरमूल्यमा सर्किट
सोमवार नेशनल माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९६ प्रतिशत बढेको हो ।
कम्पनीको शेयरमूल्यमा रू.१०२ ले वृद्धि हुँदा अन्तिम शेयरमूल्य प्रतिकित्ता रू.१ हजार १३१ पुगेको छ ।
यस्तै माहुली सामुदायिक लघुवित्तको शेयरमूल्य ७ दशमलव ८३ प्रतिशत बढेर कारोबार हुँदा अन्तिम शेयरमूल्य प्रतिकित्ता रू.८९५ कायम रहेको छ । शेयरमूल्य घटेर कारोबार हुनेमा अरुण कावेली पावरको शेयरमूल्य ६ दशमलव ५५ प्रतिशत घटेर रू. ११४ मा सिमित भएको छ ।
शाईन रेसुङ्गा विकास बैंकको शेयरमूल्यमा प्रतिकित्ता रू. १४ ले घटेर अन्तिम शेयरमूल्य रू. २२७ कायम रहेको छ । कम्पनीको शेयरमूल्यमा ५ दशमलव ८० प्रतिशत कमी भएको हो ।
१२ समूहको परिसूचक
एनएमबि बैंकको सर्वाधिक कारोबार
सोमवार एनएमबि बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ५० हजार ४५६ कित्ता शेयरको खरीदविक्री हुँदा रू.१ करोड ९३ लाख रकम बराबरको शेयर कारोबार भएको छ ।
कम्पनीको अन्तिम शेयरमूल्य रू.३८५ रहेको छ ।
कारोबार रकमकै आधारमा दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्सको रू.१ करोड ३५ लाख बराबरको शेयर कारोबार भएको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.८३२ मा सिमित रहेको छ । यस दिन कारोबारमा आएका १६४ कम्पनीमा ७० कम्पनीको शेयरमूल्य बढेको छ भने ७३ कम्पनीको घटेको छ । साथै, २१ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।