arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सागको दोस्रो दिन : नेपाल १५ स्वर्णसहित शीर्ष स्थानमा

७/७ स्वर्णसहित कराते र तेक्वान्दोमा नेपालको वर्चस्व

Dec 3, 2019  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता


काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा दोस्रो दिन (सोमवार) आयोजक नेपाल १५ स्वर्णसहित २३ पदक जितेर शीर्षस्थानमा रहेको छ । नेपालले तेक्वान्दो र करातेमा ७/७ र ट्रायथलनमा १ स्वर्ण जितेको छ । सागको १३औं सस्करणमा नेपाललाई पहिलो स्वर्ण पुरुष एकल कातामा मन्डेकाजी श्रेष्ठले दिलाएका थिए । सोमवार श्रेष्ठ र तेक्वान्दो खेलाडी आयशा श्रेष्ठले दुई÷दुई स्वर्ण जितेका थिए ।  

सोमवार तेक्वान्दोका ९ स्पर्धामा नेपालले ७ स्वर्णपदक जितेको हो । तेक्वान्दोको एकलतर्फ कमल श्रेष्ठ, सिना मादेन लिम्बू, पार्वती गुरुङ र आयशा शाक्यले नेपाललाई चारओटा स्वर्ण जिताए । नेपालका लागि तेक्वान्दो खेलाडी श्रेष्ठले २९ वर्ष माथिको व्यक्तिगत पुम्से तथा टीम पुम्सेमा स्वर्ण हात पारेकी हुन् । 

त्यस्तै समूहतर्फ सञ्जीवकुमार ओझा र आयशा शाक्य, निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमिल्सेना तथा नीता गुरुङ, प्रशंसा क्षत्री र सुशीला राईले नेपाललाई ३ स्वर्ण दिलाएका थिए । ‘हाम्रो टार्गेट ९ ओटै स्वर्ण पदक थियो, ७ ओटा प्राप्त ग¥यौं,’ नेपाली तेक्वान्दो टीमका प्रशिक्षक टार्जन सुब्बाले बताए ।

करातेमा व्यक्तिगत स्पर्धामा नेपालका मन्डेकाजी श्रेष्ठ, लक्ष्मण तामाङ, विप्लवलाल श्रेष्ठ, अनु अधिकारी र कुसुम खड्काले १/१ गरी ५ ओटा स्वर्ण दिलाए । यस्तै टीमतर्पm मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रवीण कार्कीले एक तथा निर्मला तामाङ, संगीता मगर र सरु कार्कीले एक गरी २ थप स्वर्ण पदक जिते । 

करातेका नेपाली प्रशिक्षक मदन उप्रेती बलियो टोलीसँग खेलेर पनि उत्कृष्ट पदक जित्न सकेकोमा खुशी अनुभूति भएको बताउँछन् । ‘समग्रमा हाम्रो टीमले धेरै राम्रो गरेको अनुभूति भएको छ,’ उनले भने, ‘बाँकी २ ले पनि सानो गल्तीले करीबकरीब जितिसकेको खेल हार्नुप¥यो, यसलाई दुर्भाग्य भन्नुपर्छ ।’ ट्रायथलनको महिलातर्फ नेपालले स्वर्ण जितेको छ । पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन् । पदक तालिकामा सोमवार श्रीलंका, भारत र पाकिस्तानले पनि २/२ ओटा स्वर्ण जितेका छन् । श्रीलंकाले नेपाललाई पछ्याउँदै कुल १४ पदक जितेको छ भने भारतले ११ पदक आफ्नो पोल्टामा पारेको छ । २ वर्षअघि भारतमा भएको १२औं सागमा नेपालले जम्मा ४ स्वर्ण पदक मात्र जितेको थियो । मंसिर २४ गतेसम्म चल्ने १३औं सागमा ३२४ स्वर्ण, त्यति नै रजत र ४७८ कास्यका लागि २८ ओटा खेलमा दक्षिण एशियाका ७ ओटा देश प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालका स्वर्ण पदक विजेता

  • मन्डेकाजी श्रेष्ठ (कराते–काता)
  • अनु अधिकारी (कराते)
  • कुसुम खड्का (कराते)
  • लक्ष्मण तामाङ (कराते)
  • विप्लवलाल श्रेष्ठ (कराते)
  • संगीता मगर, सरु विष्ट र निर्मला तामाङ 
  • (कराते–टीम काता)
  • मन्डेकाजी श्रेष्ठ, प्रवीण कार्की र महसुश तामाङ (कराते–टीम काता)
  • आयशा शाक्य (तेक्वान्दो–पुम्से)
  • कमल अधिकारी (तेक्वान्दो)
  • कमल श्रेष्ठ (तेक्वान्दो–पुम्से)
  • पार्वती गुरुङ (तेक्वान्दो)
  • सिना मादेन (तेक्वान्दो–पुम्से)
  • निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सेना ( तेक्वान्दो– टीम पुम्से)
  • सञ्जीवकुमार ओझा र आयशा शाक्य 
  • (तेक्वान्दो–टीम पुम्से)
  • नीता गुरुङ, प्रशंसा क्षेत्री र सुनिता राई (तेक्वान्दो–टीम पुम्से)
  • सोनी गुरुङ (ट्रायथोलन)
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्