arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बिमा कम्पनीहरूले प्रजिअ नमान्ने

Dec 3, 2019  
१० वर्ष अघि
NA


तेस्रो पक्ष बिमा निर्धारण गर्दा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई निर्णायक व्यक्ति भनी किटान गरिएपछि बिमा कम्पनीहरू आन्दोलित भएका छन् । बिमाको प्राविधिक पक्षहरूका बारेमा प्रजिअ जानकार नहुने भएकाले उसले सही निर्णय गर्न नसक्ने बताउँदै उनीहरूले विरोधमा उत्रने तयारी गरेका हुन् । 

गत भदौ १६ गते लागू गर्ने निर्णय भएको तेस्रो पक्ष बिमा कार्यान्वयन गर्नुअगाडि बिमा समिति, यातायात व्यवसायी र यातायात व्यवस्था विभाग तथा आफूहरूको बीचमा यस विषयमा प्रजिअलाई कुनै पनि भूमिका नदिने सहमति भएको बिमा व्यवसायीहरू बताउँछन् । तर, त्यसपछाडि आएको सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) नियमावली २०६६ मा सवारी दुर्घटनापछि बिमाको मूल्यांकन गर्दा प्रजिअलाई निर्णयकर्ता हुने उल्लेख छ । 

‘सहमतिविपरीत यातायात व्यवस्था नियमावलीमा किन त्यस्तो व्यवस्था गरियो भन्नेबारेमा हामी अहिले छलफल गर्दै छौं । त्यसपछि कसरी अगाडि बढ्ने भन्ने निर्णय गरिनेछ’ बिमक संघका उपाध्यक्ष केवलकृष्ण श्रेष्ठ भन्छन् । 

प्रजिअले बिमाको प्राविधिक पक्ष तथा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रचलन र वास्तविकता के हो त्यो नहेरी अलिकति राजनीतिक तथा अन्य दबाब पर्नेबित्तिकै उसकै पक्षमा निर्णय गरिरहेको अवस्थामा तेस्रो पक्ष बिमा सही ढंगले लागू हुनै नसक्ने उनीहरूको दाबी छ । ‘सवारी साधनका यात्रुहरूको बढीमा दुई लाखको मात्रै बिमा हुन्छ र गाडीले हानेर सडकमा कुन व्यक्तिको मृत्यु भयो भने बल्ल उसका आफन्तले ५ लाख रुपैयाँ बिमाबापतको रकम पाउँछन् । 

वर्ष ५, अंक १०, २०६६, कात्तिक २३–२९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्