arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सागको सन्देश 

Dec 3, 2019  
सम्पादकीय
NA


दक्षिण एशियालीको सबैभन्दा ठूलो खेल महोत्सव दक्षिण एशियाली खेलकुद (साग) को १३औं संस्करण आइतवारदेखि शुरू भयो । नेपालमा लामो समयदेखि खेलकुदका ठूला कार्यक्रम हुन सकेका थिएनन् । दशरथ रंगशाला भूकम्पका कारण क्षतिग्रस्त हुँदा नेपालले विश्व कप फूटबल चयनका लागि नेपालमा फूटबल खेलाउन सकेन र त्यो खेल भुटानमा आयोजना गर्नु परेको थियो । नेपालले घरेलु मैदानमा खेल्न पाउने अवसर गुमाएको थियो । नेपालले यस अवधिमा क्रिकेटमा भने लगातार सफलता पायो । व्यक्तिगत रूपमा नेपाली खेलाडीले अन्तरराष्ट्रिय क्लबबाट खेल्न पाए । त्यसबाहेक नेपालमा बृहत् खेलकुदका कार्यक्रम खासै नभएको दशकौं भइसक्यो । साग पनि तीन पटकसम्म मिति सारेर अहिले बल्ल भइरहेको छ । यस्तोमा २० वर्षपछि सागको भव्य उद्घाटन गरेर खेलकुद जगत्मा मात्र होइन, अन्य क्षेत्रमा पनि नेपालले केही गर्न सक्छ भन्ने सन्देश दिन सफल भएको छ । 

साग खेलकुद प्रतियोगिता त्यतिबेला आयोजना हुँदै छ जतिबेला नेपालले ठूलै प्राथमिकतामा राखेको भ्रमण वर्ष २०२० शुरू हुन १ महीनामात्रै बा“की छ । सागले नेपालको अन्तरराष्ट्रिय प्रचारमा सहयोग गर्छ भने खेलकुद पर्यटनका लागि आधार पनि बनाउन सक्छ ।

दशरथ रंगशालाको पुनर्निर्माणमा ढिलाइ हुँदा साग हुन्छ कि हु“दैन भन्ने अन्योल थियो । अन्य तयारी पनि खासै उत्साहजनक थिएन । समयमा काम नगर्ने र अन्तिममा ‘हतारोको फाइदा’ लिने नेपालका कर्मचारीहरूको नियत सागको तयारीका क्रममा पनि देखियो । 

जेजस्तो भए पनि सागका लागि अहिले खेलकुदका केही पूर्वाधार बनेका छन् । ती चिरिच्याट्ट पारिएका छन् । काम सकिएपछि तिनलाई बेवास्ता गर्ने अथवा तिनको नियमित स्याहारसुसार तथा मर्मतसम्भार नगर्ने प्रवृत्ति सरोकारवालाहरूमा पाइन्छ । यस्तोमा अहिले बनेका संरचनाहरूलाई जोगाउन ध्यान जानु आवश्यक छ । तिनमा खेलकुद प्रतियोगिताहरू गराइरहन सकियो भने आम्दानी पनि लिन सकिनेछ र खेलकुदको स्तर बढाउन पनि मद्दत मिल्नेछ ।

खेलकुदको विकासका लागि स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा प्रतियोगिताहरू भइरहनुपर्छ । यसले खेलाडीलाई तिखार्ने र निखार्ने मौका प्रदान गर्छ । साथै यस्ता प्रतियोगिताहरूको प्रायोजन गर्ने व्यावसायिक कम्पनीहरू पनि थपि“दै जानेछन् जसले गर्दा खेलकुद व्यावसायिक बन्न सक्नेछ । 

सागको केही खेलहरू राजधानी बाहिर अर्थात् २ र ४ नम्बर प्रदेशमा पनि हु“दै छन् । २०४१ र २०५६ मा सम्पन्न साग खेलकुदमा भने सबै प्रतियोगिता काठमाडौंमा मात्रै गरिएका थिए । अन्तरराष्ट्रिय प्रतियोगिताहरू राजधानीबाहिर सम्पन्न हु“दा त्यसले संघीयतालाई बलियो बनाउन थप सहयोग मिल्ने देखिन्छ । ठूला अन्तरराष्ट्रिय प्रतियोगिताहरू पनि काठमाडौंबाहिर सम्पन्न गर्न आगामी दिनमा सहज हुने पनि देखिन्छ । 

साग खेलकुद प्रतियोगिता त्यतिबेला आयोजना हुँदै छ जतिबेला नेपालले ठूलै प्राथमिकतामा राखेको भ्रमण वर्ष २०२० शुरू हुन १ महीनामात्रै बा“की छ । सागले नेपालको अन्तरराष्ट्रिय प्रचारमा सहयोग गर्छ भने खेलकुद पर्यटनका लागि आधार पनि बनाउन सक्छ । क्रिकेटका अन्तरराष्ट्रिय खेलहरू नेपालमा गराएर खेलकुद पर्यटनको सपना देखेको धेरै भइसक्यो तर त्यसले मूर्तरूप लिन भने पाएको छैन । नेपालले क्रिकेटमा विश्वमा आफ्नो हैसियत बढाउँदै गएको परिप्रेक्ष्यमा सागबाट अन्तरराष्ट्रिय क्रिकेट नेपालमा गराउन सक्ने सम्भावनातर्फ संकेत गरेको छ । यद्यपि मूलपानी क्रिकेट मैदान निर्माणमा भएको ढिलाइबाट नेपालले एउटा अवसर भने गुमाएको छ । 

खेलकुदको विकासका लागि यो व्यावसायिक बन्न आवश्यक छ । खेलाडीले खेलेरै जीविका र सम्मान पाउने अवस्था हुनुपर्छ । त्यसो नहु“दा प्रतिभाशाली खेलाडीहरू विदेशिनु पर्ने वा विदेशी क्लबबाट मात्रै खेल्नुपर्ने बाध्यता आउ“छ । सागका लागि बन्द प्रशिक्षणमा रहेकी एथलेटिक्सकी खेलाडी तुलसा खत्री खेल छाडेर कतार जानुले खेलाडीको अवस्थालाई संकेत गर्छ । उनको पलायनले एकातिर राज्यको लगानी खेर गयो भने अर्कातिर नेपालले पदक पाउन सक्ने सम्भावना पनि घट्यो । यस्तोमा व्यावसायिक घरानाहरूले खेलकुद कार्यक्रमलाई बढीभन्दा बढी प्रायोजन गरिदिनु आवश्यक छ । बैंकहरूले केही फूटबल क्लबहरूलाई प्रायोजन गरेर राम्रो काम गरेका पनि छन् तर त्यो पर्याप्त भने छैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्