arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

साफाद्वारा सिटिजन्स बैंक पुरस्कृत

Dec 3, 2019  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found


काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल शनिवार साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (साफा)बाट पुरस्कृत भएको छ । बंगलादेशको ढाकामा आयोजित समारोहमा बैंकलाई साफाले उत्कृष्ट वित्तीय वार्षिक प्रतिवेदन अवार्डद्वारा पुरस्कृत गरेको हो । 

साथै, ‘सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजर–२०१८’ बाट पनि बैंक पुरस्कृत भएको छ । निजीक्षेत्रका बैंकमध्येबाट बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको हो । सार्क क्षेत्रमा क्रियाशील व्यावसायिक लेखा निकायको छाता संगठनका रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एशियामा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आइरहेको छ ।

वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखासम्बन्धी टिप्पणी, पारदर्शिता, जवाफदेहीता, संस्थागत सुशासन लगायतका विषयको कार्यान्वयन पक्ष हेरी छनोट भएको वार्षिक प्रतिवेदनलाई यो पुरस्कार दिने गरिन्छ । सिटिजन्स बैंक लगातार ३ वर्षदेखि यो पुरस्कारबाट पुरस्कृत हुँदै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्