arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पुटिन र सीद्वारा चीन–रूस ग्यास पाइपलाइन उद्घाटन

Dec 3, 2019  
अन्तरराष्ट्रिय
Image Not Found


मस्को (रूस) । रूस र चीनबीच सोमवार पहिलो पटक ग्यास पाइपलाइनको शुरुआत गरिएको छ । सोमवार चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी समकक्षी भ्लादिमिर पुटिनले उक्त ग्यास पाइपलाइनको उद्घाटन गरेका हुन् । रूसले चीनसँग ग्यास  पाइपलाइन जोड्नुलाई ऐतिहासिक घटनाका रूपमा लिइएको छ ।  

दुई देशका बीचमा ग्यास पाइपलाइन सञ्चालन हुनुलाई आपसी सहकार्यको नयाँ कदमका रूपमा व्याख्या गरिएको छ । ‘आज एउटा ऐतिहासिक काम भएको छ, यो विश्वको ऊर्जा बजारका लागि मात्रै नभई तपाई हाम्रा लागि पनि पहिलो पटक महŒवपूर्ण कदम भएको छ,’ पुटिनले भने ।  

चिनियाँ राष्ट्रपति सीले यो कार्यलाई आपसी सहकार्यको नयाँ नमूना रहेको बताएका छन् । यसले दुई देशको सम्बन्धलाई थप उचाइमा पु¥याउने उनको विश्वास छ । कार्यक्रममा दिइएको जानकारी अनुसार दुर्गम क्षेत्रमा पर्ने पूर्वी रूसदेखि चीनको सीमा क्षेत्रमा पर्ने ब्लागोभेशचेन्सकसम्म जोड्नेगरी ग्यास पाइपलाइन जोडिएको छ ।
सो पाइपलाइन तीन हजार किलोमिटर लामो छ । यसलाई पुटिनले संसारकै सबैभन्दा ठूलो निर्माण परियोजनाको संज्ञा दिएका छन् । पाइपलाइनबाट सन् २०२५ देखि मात्रै पूर्ण क्षमतासहित ग्यास निर्यात गर्न सकिने बताइएको छ । पूर्ण क्षमतासहित सञ्चालन हुँदा सो पाइपलाइनबाट प्रतिवर्ष ३८ अर्ब क्युविक मिटर ग्यास  निर्यात गर्न सकिने अधिकारीले बताएका छन् ।

पाइपलाइन निर्माण गर्न रूस र चीनले सन् २०१४ मा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ३० वर्षे यो परियोजनामा ४०० अर्ब अमेरिकी डलर लाग्ने बताइएको छ । यसलाई निकै महत्त्वाकांक्षी परियोजना मानिएको थियो ।

पाइपलाइन निर्माण गर्ने क्षेत्रमा दलदल, डाँडाकाँडा र ढुङग्यान भूभाग रहेको र गाह्रो खालको वातावरणीय अवस्था छ । पाइपलाइन अन्तर्गत पर्ने याकुतिया क्षेत्रमा माइनस ६० डिग्री सेल्सीयस र रूसको सुदूरपूर्वी अमुर क्षेत्रमा माइनस ४० डिग्री सेल्सीयससम्म तापक्रम हुने गरेको अधिकारीले उल्लेख गरेका छन् । रासस/एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्