arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ब्राजिल र अर्जेन्टिनामाथि अतिरिक्त कर लगाउँदै अमेरिका

Dec 3, 2019  
अन्तरराष्ट्रिय
Image Not Found


वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिल र अर्जेन्टिनाबाट आउने स्टील र अल्मुनियमको आयातमा अतिरिक्त कर लगाइने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील तथा अल्मुनियमको उत्पादनले अमेरिकी किसान समस्यामा पर्नसक्ने उल्लेख गरेका हुन् । 

ट्रम्पले अहिले ब्राजिल र अर्जेन्टिनाको मुद्रामा अवमूल्यन हुने क्रममा रहेकोले त्यसको असर आयात पर्नसक्ने बताएका हुन् । उनले अमेरिकी किसानलाई पर्नसक्ने असर रोक्न तत्काल लागू हुने गरी अतिरिक्त आयात कर लगाइने बताएका हुन् । उनले केन्द्रीय बैंक फेडेरल रिजर्व (फेड)लाई आफ्नो मुद्रा अवमूल्यन गरेर आर्थिक फाइदा लिने मुलुकलाई त्यस्तो गर्नबाट रोक्न पनि आग्रह गरेका छन् । 

ट्रम्पले निरन्तररूपमा फेडलाई ब्याजदर शून्यभन्दा कममा झार्न आग्रह गर्दै आएका छन् । यसले यूरो र अन्य क्षेत्रसँग प्रतिस्पर्धाको लागि सहज हुने उनको भनाइ छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्