arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पेट्रोल र डिजेलमा रू. २ वृद्धि

Dec 3, 2019  
समाचार
Image Not Found


काठमाडौं (अस) । अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सोमवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । हाल पेट्रोलका प्रतिलिटर रू. १०७ र डिजेल ९५ रहेको थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो । अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत निगमले गत ४ महीनायता मूल्य समायोजन गरेको थिएन । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले दशैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा अन्तरराष्ट्रिय क्षेत्रमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरे पनि अहिले भने मूल्य बढाएको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्