arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जानकी फाइनान्स : कम्पनी विश्लेषण (मंगलवार, १७ मंसिर २०७६)

Dec 3, 2019  
लगानी
Image Not Found


कम्पनीले यस वर्ष शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १ करोड ४२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २ प्रतिशतले घटेको हो । सो अवधिमा कम्पनीले रू. १ करोड ४५ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. ४९ करोड २१ लाख छ । रिजर्भ कोषमा रू. १३ करोड ९७ लाख छुट्याएको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. २ अर्ब १८ करोड निक्षेप संकलन गरेको छ । प्रतिशेयर आम्दानी (वार्षिक) रू. ११ दशमलव ५४, र प्रतिशेयर नेटवर्थ रू. १७४ दशमलव ६७ छ । सोमवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १९१ कायम भएको छ ।

कम्पनीको ५५ दिनको कारोबार अवधिको अन्तिम दिन लङ्गलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने घट्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुन्छ । आरएसआई न्यूट्रल जोन ४७ दशमलव ७८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलन रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ०९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखा एकआपसमा नजीक भएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. १९१ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १९४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १८८ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्