arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मन्जुश्री फाइनान्स : कम्पनी विश्लेषण (मंगलवार, १७ मंसिर २०७६)

Dec 3, 2019  
लगानी
Image Not Found


चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. २ करोड ७५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ५ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. २ करोड ६२ लाख थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ८० करोड ४० लाख छ । रिजर्भ कोषमा रू. १८ करोड २२ लाख छुट्याएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५ अर्ब २८ करोड निक्षेप संकलन भएकोे छ भने रू. ५ अर्ब ४४ करोड कर्जा प्रवाह भएको हो । प्रतिशेयर आम्दानी रू. १३ दशमलव ७३, मूल्य आम्दानी अनुपात ९ दशमलव २५, तरलता अनुपात २८ दशमलव ६७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२८ छ । सोमवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १२७ कायम भएको छ ।

कम्पनीकोे ४८ दिनको कारोबार अवधिको अन्तिम दिन क्लोजिङ सेतो मारुबोजू आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य अगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ५२ दशमलव ७४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलन रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ८९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. १२७ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १२८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १२५ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्