arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स : कम्पनी विश्लेषण (मंगलवार, १७ मंसिर २०७६)

Dec 3, 2019  
लगानी
Image Not Found


कम्पनीले गत आवको वार्षिक साधारणसभा पुस ११ गते बोलाएको छ ।  यस वर्ष कम्पनीले २ दशमलव ३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १० दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । साधारणसभा प्रयोजनको शेयरधनी दर्ता पुस्तिका पुस १ गतेदेखि १० गतेसम्म बन्द हुनेछ । यस आधारमा मंसिर ३० गतेसम्म कायम सदस्यहरूले लाभांश प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड छ । चालू आवको पहिलो त्रैमासमा रू. २ करोड ९६ लाख २१ हजार खुद नाफा गरेको छ । निष्क्रिय कर्जा शून्य दशमलव २२ प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानी रू. १४ दशमलव ६३ छ । पहिलो त्रैमासमा निक्षेप संकलन रू. ४ अर्ब ४६ करोडभन्दा बढी र कर्जा प्रवाह रू. ४ अर्ब १७ करोडभन्दा बढी भएको छ । सोमवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १५४ कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्यमा रू. ५ ले वृद्धि भएको हो ।

कम्पनीको ३९ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो मारुबोजू आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ५७ दशमलव ७९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलन रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव १३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखालाई काटेको छ । सोमवारको शेयरमूल्य रू. १५४ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १५६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १४८ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्