arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आरम्भ लघुवित्तले बोलायो पाँचौ साधारण सभा, ७.३८ प्रतिशत बोनसको प्रस्ताव

Dec 3, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १७, काठमाडौं । आरम्भ लघुवित्त वित्तिय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा पुस ९ गते हुने भएको छ । सभा बनेपा, पुतलीबजारमा बिहान ११ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले शेयरधनीका लागि चुक्तापूँजीको ७ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. २ लाख ३३ हजार ५३ नगद लाभांश पारित गर्ने रहेको छ ।

कम्पनीको प्रस्तावमा आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा गाभिनका लागि दुवै संस्थाको सम्पत्ति दायित्व र कारोबार मूल्यांकन प्रतिवेदनका आधारमा स्वाप रेशियो १ बराबर १ पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने, दुई लघुवित्त गाभिए पश्चात बन्ने कम्पनीको नाम आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था राखी वित्तिय कारोबार गर्ने, मर्जरपछि कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापकतर्फ ६३ दशमलव ६६ प्रतिशत र सर्वसाधारणतर्फ ३६ दशमलव ३४ रहने प्रस्ताव पारित गर्ने विषयहरु रहेका छन् ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म बन्द रहनेछ । मंसिर २१ गतेसम्मका कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्