मंसिर १७, काठमाडौं । गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५३१९ नं को जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।
जिप मंगलवार बिहान मध्यपहाडी लोकमार्गको भिमगिठे नजिकैको भीरबाट बडिगाड खोलामा खसेको थियो । जिपमा कति यात्रु सवार थिए भन्ने बारे यकिन भएको छैन ।
घाइतेको स्थानीय बासिन्दा तथा प्रहरीले उद्धार गरिरहेका छन् ।