ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राष्ट्र बैंकको विभाग स्थानान्तरण

२०७६ मंसिर, १८  
विविध
NA


काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभाग र बैंकर्स प्रशिक्षण केन्द्र थापाथलीस्थित कार्यालयको भवनबाट बालुवाटारको गैरआवासीय नेपाली संघ (एनआरएनए) को भवनमा स्थानान्तरण गरिएको छ । बैंकको थापाथलीस्थित कार्यालयको भवन निर्माणको क्रममा उक्त कार्यालयहरू स्थानान्तरण गरिएको हो । 

उक्त विभागको विभागीय कार्य एनआरएनएको भवनबाट सञ्चालन भएको राष्ट्र बैंकले बताएको छ । यसअघि थापाथलीबाट पुल्चोकमा सरेकोे अनुसन्धान विभाग एनआरएनए भवनमा स्थानान्तरण भएको थियो । भूकम्पबाट भवन क्षतिग्रस्त भएपछि पुनर्निर्माण अवधिभरका लागि सो विभागलाई स्थानान्तरण गरिएको हो । पुनर्निर्माणपछि सबै विभाग साविकैको स्थानमा रहने राष्ट्र बैंकले बताएको छ 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्