arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चोरी नियन्त्रणका लागि बा“केमा कम्युनिटी साइरन जडान गरिँदै 

२०७६ मंसिर, १९  
प्रदेश ०५
NA


नेपालगञ्ज (अस) । चोरी–डकैती नियन्त्रणका लागि नेपालगञ्जमा कम्युनिटी साइरन जडान गरिने भएको छ । दिनानुदिन चोरीका घटना हुन थालेपछि यसको न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेले कम्युनिटी साइरन जडानको पहल थालेको हो । ४० देखि ५० ओटा घरपरिवार समेटेर ठाउँ ठाउँमा यस्तो साइरन जडान गरिनेछ । यसका लागि बाँके प्रहरीले नेपालगञ्जका २३ ओटै वडाका प्रमुखसँग छलफल गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहका अनुसार कम्युनिटी साइरन डिभाइसमा राखिने सिम कार्डसँग समुदायका सदस्यहरूको मोबाइल वा ल्यान्डलाइन फोन निश्चित ‘कोड नम्बर’ दिएर जोडिन्छ । उक्त कोडसँगै सदस्यहरूको नाम, ठेगाना तथा टेलिफोन नम्बर पनि सिस्टममा राखिन्छ । समस्यामा परेका सदस्यले आफ्नो फोनबाट उक्त नम्बर डायल गरेपछि टोल र प्रहरीकहाँ राखिएको लाउड स्पीकर सहितको साइरन बज्नेछ । साइरनसँगै सबै सदस्यको मोबाइलमा बोलाउनेको नाम, फोन नम्बर र ठेगाना सहितको सन्देश पुग्ने भएकाले चोर पक्रन सहज हुने उनले बताए । यसमा ४० घण्टासम्म धान्ने ब्याट्री जडान गरिने भएकाले लोडशेडिङले समस्या नपर्ने उनको भनाइ छ । कम्युनिटी साइरन जडान गर्नेबित्तिकै नेपालगञ्जमा चोरीका घटना नियन्त्रण हुने प्रहरीको अपेक्षा छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्