arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पर्यटन बोर्डको प्रमुख कार्यकारीको म्याद ४ महीना थप

२०७६ मंसिर, १९  
समाचार
NA


काठमाडौं (अस) । बुधवार नयाँ कार्यकारी प्रमुखका लागि अखबारमा विज्ञापन गरेको नेपाल पर्यटन बोर्डले बुधवार नै हालका प्रमुख दीपकराज जोशीको पदावधि ४ महीनाका लागि थप गरेको छ । जोशीको चारवर्षे कार्यकाल पुसको पहिलो साता सकिने हुँदा नयाँ प्रमुख छनोटको प्रक्रिया अगाडि बढाउन बुधवार २१ दिने सूचना जारी गरिएको थियो ।

पर्यटन मन्त्रालयका अनुसार ४ महीना जोशीलाई निरन्तरता दिएर नयाँ प्रमुखको छनोटलाई अगाडि बढाइनेछ । जोशीले चाहेमा फेरि पनि आवेदन दिन सक्नेछन् ।

नयाँ प्रमुख छनोट गर्न समय लाग्ने भएकाले तत्कालका लागि जोशीलाई निरन्तरता दिइएको मन्त्रालय स्रोतले बताएको छ । भ्रमण वर्ष शुरू हुने समयमा मुलुकको पर्यटन क्षेत्र प्रवद्र्धनको जिम्मा पाएको संस्था नेतृत्वविहीन हुने अवस्था आउँदा नकारात्मक सन्देश जाने भएकाले जोशीको पदावधि थपिएको मन्त्रालयका वरिष्ठ अधिकारीले बताए । 

बोर्डको नयाँ कार्यकारी प्रमुखका लागि योग्य हुन कुनै पनि विषयमा स्नातकोत्तर उत्तीर्ण भएको, पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव रहेको साथै व्यावसायिक योजना र भाषागत दक्षता हुनुपर्ने मापदण्ड तोकिएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोट गर्न गठित समितिले आवेदकमध्येबाट तीनजनाको नाम सिफारिश गर्ने र  त्यसमध्येबाट बोर्डले एकलाई नियुक्त गर्ने नीतिगत व्यवस्था छ । 

जोशीले भ्रमण वर्षलाई सहयोग पुगोस् भनेर आप्mनो अवधि थपिएको हुनसक्ने प्रतिक्रिया आर्थिक अभियानलाई दिए । ‘मैले त आप्mनो काम गर्ने हो । भ्रमण वर्षलाई सहयोग पनि हुने र त्यति समयसम्म नयाँ प्रमुख कार्यकारी अधिकृतको छनोट पनि हुने भएकाले म्याद थपिएको जानकारी मैले पाएको छु,’ उनले भने । नयाँ खुलेको विज्ञापनमा पनि उनले आवेदन दिनसक्ने भए पनि यस विषयमा अहिले आपूmले केही नसोचेको जोशीले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्