arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, १९ मंसिर २०७६)

२०७६ मंसिर, १९  
लगानी
Image Not Found


कम्पनीले यस वर्ष शेयरधनीलाई ३२ दशमलव ५० प्रतिशत बोनस शेयर र १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ८ करोड ३७ लाख नाफा गरेको छ । कम्पनीको चुक्तापूँजी गत आवको तुलनामा २५ प्रतिशत वृद्धि भई रू. ३० करोडबाट रू. ३७ करोड ७६ लाख पुगेको छ । २५ प्रतिशत बोनस शेयर वितरण गरेपछि पूँजी बढ्न पुगेको हो । कम्पनीले जगेडा कोषमा रू. ९५ करोड ४५ लाख जम्मा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८८ दशमलव ७३ र प्रतिशेयर नेटवर्थ रू. ३५२ दशमलव ७४ रहेको छ । बुधवार कम्पनीको शेयरमूल्य रू. १ हजार ३४५ कायम भएको छ ।

कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिन लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन ।  आरएसआई न्यूट्रल जोन ५९ दशमलव १२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १२ दशमलव ३५ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एक अर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा दुवै रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. १ हजार ३४५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ हजार ३६० मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ हजार ३१२ मा टेवा पाउने देखिन्छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्