arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नाडेप लघुवित्त : कम्पनी विश्लेषण (बिहीवार, १९ मंसिर २०७६)

२०७६ मंसिर, १९  
लगानी
Image Not Found


नाडेप लघुवित्तले हालसम्म पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । यस कम्पनीले २०७५ असार २० गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको थियो । आईपीओ जारीपश्चात् शतप्रतिशत हकप्रद जारी गरेको कम्पनीले गत वर्ष शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिएको थियो । सर्वसाधारण शेयरधनीलाई पहिलो वर्ष नै खुुशी बनाएको यस कम्पनीको व्यवस्थापनमा देखिएको समस्याका कारण वित्तीय विवरण सार्वजनिक हुन सकेको छैन भने लाभांश घोषणामा पनि अन्योलता देखिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८० लाख छ । गत असार मसान्तसम्म कम्पनीको जगेडा कोषमा रू. १ करोड ८४ लाखभन्दा बढी रकम रहेको छ । यस कम्पनीले ४६ ओटा जिल्लामा लघुवित्त सेवाको पहुँच पुर्‍याएको छ । धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य रू. ३९६ कायम भएको छ । यस दिन रू. ११ ले कम्पनीको शेयरमूल्य बढेको हो ।

कम्पनीको ५६ दिनको कारोबार अवधिको अन्तिम दिन लामो पुच्छर र छोटो टुप्पी भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस आकृतिले आगामी दिशा स्पष्ट संकेत नगरे पनि शेयरमूल्य बढ्ने संकेत देखिएको छ । मैनबत्ती सेतो बनेकाले पनि बढ्ने सम्भावना रहेको औल्याउन सकिन्छ । आरएसआई न्यूट्रल जोन ५१ दशमलव २७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलन रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ८३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारकोे शेयरमूल्य रू. ३९६ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ३९७ देखि ४०६ मा प्रतिरोध पाउने देखिन्छ भने टेवामूल्य रू. ३८१ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्