arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेरुडे लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, १९ मंसिर २०७६)

२०७६ मंसिर, १९  
लगानी
Image Not Found


चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. २ करोड ६९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १७१ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ९९ लाख २३ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी २७ प्रतिशत र सञ्चालन नाफा १७४ प्रतिशतले वृद्धि भएकाले नाफामा उल्लेखनीय वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. ३९ करोड ७६ लाख छ । रिजर्भ कोषमा रू. ५१ करोड ३३ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. २७ दशमलव १३, मूल्य आम्दानी अनुपात १८ दशमलव ३२ र प्रतिशेयर नेटवर्थ रू. २२९ दशमलव ०९ छ । हालसम्ममा कम्पनीले ३१ ओटा जिल्लामा ८७ ओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । बुधवार कम्पनीको शेयरमूल्य रू. ५१७ कायम भएको छ । अघिल्लो दिनको तुलनामा रू. १६ ले वृद्धि भएको हो ।

कम्पनीको ५२ दिनको कारोबार अवधिको अन्तिम दिन ओपनिङ सेतो मारुबोजू आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ५८ दशमलव १७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलन रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव १२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. ५१७ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ५२३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४९७ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्