arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, १९ मंसिर २०७६)

२०७६ मंसिर, १९  
लगानी
Image Not Found


कम्पनीले शेयरधनीलाई यस वर्ष २५ प्रतिशत बोनस शेयर र १५ दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. २१ करोड ६३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ४३ प्रतिशतले बढी हो । सो अवधिमा कम्पनीले रू. १५ करोड ७ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २० करोड छ । रिजर्भ कोषमा रू. २ अर्ब २९ करोड छुट्याएको छ । प्रतिशेयर आम्दानी (वार्षिक) रू. ७२ दशमलव १२ र प्रतिशेयर नेटवर्थ रू. २९२ छ । बुधवारको शेयरमूल्य रू. ९१० कायम भएको छ । अघिल्लो दिनको तुलनामा रू. २९ ले बढेको हो ।

कम्पनीकोे ५६ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो मारुबोजू आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ६२ दशमलव ३५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलन रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ११ दशमलव ५३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. ९१० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ८७७ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्