arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सामुदायिक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, १९ मंसिर २०७६)

२०७६ मंसिर, १९  
लगानी
Image Not Found


कम्पनीले यस वर्ष शेयरधनीलाई ३२ प्रतिशत बोनस शेयर र १ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितको लागि कम्पनीले आगामी पुस ११ गते साधारणसभा आयोजना गरेको हो । मंसिर १९ गतेसम्म (बिहीवार) शेयर किन्ने शेयरधनीले ३२ प्रतिशत बोनस शेयर पाउनेछन् । चालू आवको पहिलो त्रैमासमा कम्पनीले  रू. ६६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासमा रू. ४० लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. १० करोड छ । रिजर्भ कोषमा रू. ८ करोड ३१ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. २६ दशमलव ४१, मूल्य आम्दानी अनुपात २६ दशमलव ०१, तरलता अनुपात २६ दशमलव ४५ र प्रतिशेयर नेटवर्थ रू. १८३ दशमलव १३ छ । बुधवार कम्पनीको शेयरमूल्य रू. ७५३ कायम भएको छ ।

कम्पनीको ५३ दिनको कारोबार अवधिको अन्तिम दिन ग्रेभस्टोन डोजी बुलिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई न्यूट्रल जोन ६५ दशमलव शून्य ४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलन रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८ दशमलव ९३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखा एकआपसमा जोडिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारकोे शेयरमूल्य रू. ७५३ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ६९१ मा टेवा पाउने देखिन्छ । यस दिनको मूल्य कम्पनीको ५३ दिनयताकै सबैभन्दा उच्च मूल्य रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्