arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : ७ अर्ब डलरको चियाको विश्व बजार

रू. ६६ अर्बको बजार पाकिस्तानमै उपलब्ध

२०७६ मंसिर, १९  
अंक समाचार
Image Not Found


काठमाडौं (अस) । आईटीसीका अनुसार सन् २०१८ मा विश्वमा ७ अर्ब अमेरिकी डलर (रू. ८४० अर्ब) बराबरको चिया आयात भएको छ । पाकिस्तान रू. ६६ अर्बसहित चियाको सबैभन्दा ठूलो आयातकर्ता हो । विगत ५ वर्षमा चियाको आयात १ प्रतिशत र विगत २ वर्षमा करीब ३ प्रतिशत बढेको छ । नेपालभित्र उत्पादन वृद्धि तथा गुणस्तर कायम, ढुवानी र भुक्तानीको पर्याप्त व्यवस्था गर्न सकेमा पाकिस्तानको रू. ६६ अर्बको बजार नै हाम्रा लागि पर्याप्त देखिन्छ । यी पक्षलाई दृष्टिगत गर्दै चिया उत्पादन तथा विकास सम्बन्धी  विशिष्टीकृत परियोजना सञ्चालन गर्न जरुरी छ । चियारोपण, प्रशोधन र निर्यातमा अनुदान, सहयोग, प्रोत्साहन, संरक्षण, चिया मजदूरको सामाजिक सुरक्षामा सरकारको योगदान तथा अनन्तकालीन करमुक्ति जस्ता विषयमा पनि सम्बोधन हुनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष त चियाको उत्पादनदेखि वितरण तथा गुणस्तर प्रमाणीकरणसम्म लक्षित बजारका सरोकारवालाको निश्चित स्तरको संलग्नता पनि आवश्यक छ । यसो गर्न सके नेपाली चिया नेपालको व्यापारघाटा न्यूनीकरणमा महत्त्वपूर्ण वस्तु हुने निश्चित छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्