ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१० वर्षअघिको आर्थिक अभियानबाट

सामूहिक बसोबासमा आवासधनीको भूमिका

२०७६ फागुन, ११  
१० वर्ष अघि
NA

नेपालमा सामुदायिक बसोबासको अवधारणा जन्मिएको झन्डै १ दशक भए तापनि यस सन्दर्भमा उपभोक्ता वा आवासधनीको अनुभव भने लगभग ७ वर्षको मात्र रहेको  छ । यस अवधिमा मुलुकमा विभिन्न खाले असहज परिस्थिति उत्पन्न हुँदासमेत आवासधनीले निर्वाह गरेको सुझबुझपूर्ण भूमिकाका कारण आज नेपालमा हाउजिङ उद्योग व्यावसायिक तवरमै स्थापित हुँदै गएको छ  ।

छोटो अनुभवले नेपाली हाउजिङ उद्योगलाई पनि व्यवस्थित बनाउनु भनेको वास्तवमा विश्वमै उदाहरणीय मान्न सकिन्छ  किनभने हाम्रो जस्तो देशमा कुनै पनि नयाँ अवधारणाले स्थान पाएको र यति चाँडो स्थापित तथा विकसित हुनु भनेको असम्भवजस्तै नै हुने गरेको छ । राम्रै भए पनि नयाँ कुरालाई पूर्ण सहयोग र समर्थन गर्दै स्थापित गराउनुभन्दा त्यसलाई विरोध गर्ने परिपाटी हामीकहाँ अलि बढी नै रहेको छ । 

हाउजिङ व्यवसायमा पनि अन्य व्यवसायमा जस्तो सम्बन्धित विभिन्न पक्षहरू हुन्छन् । तीमध्ये आवासधनी अर्थात् आवास प्रयोगकर्ताको पनि आफ्नै किसिमका छुट्टै भूमिका हुने गर्छ । आवासधनीले सामुदायिक बसोबासको क्षेत्रलाई सधैं विवादरहित बनाउने कोसिस गर्नुपर्छ । बसोबासको क्षेत्रलाई शान्तिपूर्ण, सुविधायुक्त र विवादरहित बनाउन सबै आवासधनीहरूबीच समझारदारी हुनु अत्यावश्यक छ । यसो भएमा मात्र आवासधनीको लगानी सुरक्षित र सुनिश्चित हुनुका साथै त्यसबाट बढीभन्दा बढी प्रतिफल पाउन सक्ने वातावरण बन्छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्