arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एलजीसँग ज्वाइन्ट भेन्चर स्थापना गर्दै जीएम

२०७६ मंसिर, २०  
अन्तरराष्ट्रिय
Image Not Found


सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली कम्पनी एलजी केमले अमेरिकी कार निर्माता जनरल मोटर्स (जीएम)सँग विद्युतीय सवारी निर्माणको लागि संयुक्त कम्पनी (ज्वाइन्ट भेन्चर) स्थापना गर्ने भएको छ । बिहीवार कम्पनीले यो कामका लागि सन् २०२३ सम्ममा अमेरिकी शाखामा ९१ करोड ६० लाख डलर लगानी गर्ने भएको हो । 

यसअघि नै जीएमसँगको ज्वाइन्ट भेन्चर स्थापना गर्ने समाचार बाहिरिएको भए पनि एलजीले यस विषयमा विस्तृत जानकारी भने दिएको थिएन । यो विषयमा जानकार एक व्यक्तिले दिएको जानकारी अनुसार उनीहरूले स्थापना गर्न लागेको ज्वाइन्ट भेन्चर ओहायो राज्यमा हुनेछ । यसमा २ अर्बभन्दा बढीको लगानी रहने अनुमान गरिएको छ । जसमा जीएम र एलजीको समान १/१ अर्ब डलर लगानी रहने बताइएको छ । यस विषयमा जीएमले भने कुनै प्रतिक्रिया दिएको छैन । 

जीएम र एलजीको ज्वाइन्ट भेन्चर अमेरिकामा पहिलो कर्मचारी संगठन भएको ब्याट्री कारखाना हुनेछ । टेस्ला र एलजी केमको मिचिगनमा रहेको ब्याट्री कारखानामा कर्मचारी संगठन छैन । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्