arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सरकारको नीतिविरुद्ध फ्रान्समा राष्ट्रव्यापी आन्दोलन

२०७६ मंसिर, २०  
अन्तरराष्ट्रिय
Image Not Found


पेरिस (फ्रान्स) । सरकारले अघि सारेको पेन्सनको नयाँ नियममा आपत्ति जनाउँदै फ्रान्समा देशव्यापी आन्दोलन भएको छ । बिहीवार फ्रान्समा केही वर्षयताकै सबैभन्दा ठूलो आन्दोलन भएको हो । आन्दोलनको कारण फ्रान्सका विद्यालय र यातायात सेवा प्रभावित भएका छन् । 

अहिले सरकारले ल्याएको नयाँ नियमले उमेरहद बढाएको छ । यसमा यदि पुरानै समयमा अवकाश लिन चाहने हो भने  निवृत्तिभरण पनि कम पाउने व्यवस्था छ । सरकारले यस्तो नियम ल्याएसँगै फ्रान्समा प्रहरी, कानून व्यवसायी, अस्पताल र विमानस्थलका कर्मचारीले पनि काम ठप्प पारेका छन् । फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोँले विश्वव्यापी प्रणालीको अवकाशको नियम ल्याएका थिए । यसमा निजी र सार्वजनिक क्षेत्रका लागि ४२ फरक किसिमको योजना छन् । जसमा उमेरहद र त्यसबाट आउने फाइदाको विषय पनि समावेश छन् । 

फ्रान्सका आन्तरिक मन्त्रीले यबिहीवार २५० स्थानमा मुलुकभर प्रदर्शन हुनसक्ने बताएका थिए । केही स्थानमा हिंसात्मक झपड पनि हुनसक्ने उनको भनाइ थियो । बिहीवार फ्रान्सका मुख्य पर्यटकीय क्षेत्रहरु पनि बन्द गरिएको छ । आन्दोलनको कारण फ्रान्समा हवाई क्षेत्र नराम्ररी प्रभावित बन्न पुगेको छ । बिहीवार सयभन्दा बढी उडान रद्द गरिएको छ । वायु सेवा प्रदायक इजीजेटले आन्दोलनको कारण २२३ आन्तरिक उडान रद्द गर्दै यात्रुहरुलाई उडानमा थप ढिलाइ हुनसक्ने चेतावनी दिएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्