arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पाउन्डको भाउ २ वर्षयताकै उच्च

२०७६ मंसिर, २०  
अन्तरराष्ट्रिय
Image Not Found


लन्डन (बेलायत) । बेलायती मुद्रा पाउन्ड स्टर्लिङको भाउ बुधवार यूरोको तुलनामा २ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । आगामी साता हुन गइरहेको आमनिर्वाचनमा एक दलले स्पष्ट बहुमत ल्याउने सम्भावना रहेको एक सर्वेक्षणले देखाएसँगै बेलायती मुद्राको भाउ बढेको हो । 

अमेरिकी डलरको तुलनामा भने बुधवार पाउन्डको भाउ सन् २०१७ को मेयताकै उच्च विन्दुमा पुगेको छ । बुधवार पाउन्डको भाउ अमेरिकी डलरको तुलनामा शून्य दशमलव ८३ प्रतिशत बढेर प्रतिपाउन्ड १ डलर ३१ सेन्टमा पुगेको थियो । त्यस्तै पाउन्डको तुलनामा शून्य दशमलव ८४ प्रतिशत बढेर प्रतिपाउन्ड १ दशमलव १८३ यूरो पुगेको थियो । 

पाउन्डको भाउ गत अक्टोबरयता निरन्तर बढ्दो क्रममा छ । यो २ महीनामा पाउन्डको भाउ करीब ६ प्रतिशत बढिसकेको छ । ईयूले ब्रेक्जिटको म्याद थप गर्ने निर्णय गरेसँगै त्यसको सकारात्मक असर पाउन्डमा परेको हो । सन् २०१६ मा भएको जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा भएको मतदानसँगै पाउन्डको भाउमा ठूलो कमी आएको थियो । 

ब्रेक्जिटको मुद्दा टुङ्गोमा पुर्‍याउन आगामी साता बेलायतमा निर्वाचन हुँदैछ । यो निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले बहुमत ल्याउने एक सर्वेक्षणले देखाएको छ । कस्तो किसिमको ब्रेक्जिट गराउने भन्ने विषयमा विपक्षी लेबर पार्टी र कन्जरभेटिभ पार्टीको रस्साकस्सी चलिरहेको अवस्थामा यस्तो सर्वेक्षण सार्वजनिक भएको हो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्