ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माटो सुहाउँदो प्रोफेसनल्स

२०७६ फागुन, १२  
१० वर्ष अघि
NA

संसारमा सबैभन्दा बढी पेसेवर अर्थात् प्रोफेसनल्सहरू भएको मुलुक सायद नेपाल नै हो । यसका लागि हामीले खासै ठूलो काम भने केही गरेका होइनौं । त्यसका निम्ति हामीले गरेको भनेको एउटै काम हो– अंग्रेजीको प्रोफेसनल्स शब्दको अर्थ र परिभाषालाई हाम्रो माटो सुहाउँदो बनाउने ।

आज हाम्रो परिभाषामा प्रोफेसनल भनेको त्यही हो जो फरर्र अंग्रेजी भट्याउन सक्छ र प्रायः टाईसुटमा देखिन्छ । यसरी टाईसुट लगाएर अंग्रेजी बोल्दै ‘कार्यालय’को सट्टा अफिस जाने र भातको सट्टा ‘ब्रेकफास्ट’ र ‘लन्च’ खानेहरू कति धेरै देख्नु र भेट्नुहुन्छ ? तपाईं आफैं सम्झनुहोस् । यस्ता प्रोफेसनलहरूको सबैभन्दा ठूलो भीड नेपालको बैकिङ क्षेत्रमा देख्न सक्नुहुन्छ । यहाँका राम्रा (खासमा महँगा) भनिएका व्यवस्थापन कलेजको प्रायःजसो ग्र्याजुएटहरू पनि बैंकतिरै जागिर खान छिर्ने गरेका छन् । बैंकका अधिकृतहरूको तलब, गाडी र ड्रेसमात्रै होइन यता आएर तिनका चस्मासमेतको चर्चा हुन थालेको छ । सायद यसै कारणले गर्दा होला बैंकहरू अरु क्षेत्रभन्दा बढी ‘प्रोफेसनल’ कहलिएका ।

बैंकहरू प्रोफेसनल देखिनुको अर्को कारण चाहिँ अन्य क्षेत्रमा खासै नदेखिन ‘इन्डिपेन्डेन्ट डाइरेक्टर’हरू बैंकहरूमा बढी भएकाले हो सायद । पद नै ‘इन्डिपेन्डेन्ट डाइरेक्टर’ भएकाले तिनले आफूसँग सम्बन्धित बैंकका कतिपय निर्णयहरू इन्डिपेन्डेन्ट रुपले आफै गर्छन् । कसैको ऋण स्वीकृत गर्ने होस् वा मिनाहा गर्ने, बजेट पास गर्ने होस् या नयाँ मानिस नियुक्त गर्ने, यस्ता सबै काम गर्दा उनीहरू अरू कसैको सिफारिस त सुन्दैनन् नै नियम, कानुन र सर्वसाधारण लगानीकर्ता एवं ग्राहकको हितलाई पनि त्यति महत्व दिँदैनन् ।

(तीतोमीठोबाट)
वर्ष ५, अंक १६, २०६६, पुस ६–१०

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्