arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लक्ष्मी लघुवित्तले २६.३२ % लाभांश शुक्रवार पारित गर्दै 

२०७६ मंसिर, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २०, काठमाडौं । लक्ष्मी लघुवित्तले शुक्रवार आठौं वार्षिक साधारण सभा बोलाएको छ । 

सभाले प्रस्तावित २६ दशमलव ३२ प्रतिशत लाभांशका साथै गत आवको वार्षिक प्रतिवेदन सहित विविध प्रस्ताव पारित गर्नेछ । 

यस वर्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर समेत गरी ११ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गतेदेखि बुक क्लोज गरेकाले मंसिर १० गतेसम्म शेयर कायम रहेका सदस्यहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने छन् । सभा विहान ११ बजे अग्रवाल भवन, कमलपोखरीमा शुरु हुनेछ ।

लक्ष्मी बैंकको ७० प्रतिशत शेयर स्वामित्व रहेको यो कम्पनीको चुक्तापूँजी रू.२७ करोड ८३ लाख रहेको छ । असोज मसान्तसम्म कम्पनीको जगेडा कोषमा रू. २१ करोड ३ लाख १२ हजार रहेको छ । 

असोज मसान्तसम्म रू.३ करोड १७ लाख ६८ हजार खुद नाफा गरेको छ । हाल देशका विभिन्न स्थानहरुमा ६७ ओटा शाखा कार्यालयमार्फत कम्पनीले ८१ हजार ९२८ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरिरहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्