ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बलेफी हाइड्रोपावरको आईपीओ आउँदै

२०७६ फागुन, १२  
बजार
NA


काठमाडौं (अस) । बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार ९४० कित्ता साधारण शेयर (आईपीओ) सर्वसाधारणमा जारी गर्ने भएको छ । यसै सन्दर्भमा कम्पनीले एनएमबि क्यापिटलको व्यवस्थापनमा सनराइज क्यापिटल, हिमालयन क्यापिटल र कुमारी क्यापिटललाई प्रत्याभूतिकर्ता नियुक्ति गरेको छ । कम्पनीले १८ लाख २७ हजार ९७० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १८ लाख २७ हजार ९७० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ । 

सिन्धुपाल्चोकको गुम्बा र गोल्चेमा बलेफीखोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजना अहिले निर्माणको चरणमा छ । आयोजनाको ८० प्रतिशतसम्मको निर्माण सम्पन्न भएको कम्पनीले बताएको छ । आगामी असारसम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कम्पनीको लक्ष्य छ । आयोजनाको लागत ६ अर्ब ७८ करोड रुपैयाँ छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्