ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिटिजन्स बैंकको सहयोग सरस्वती माविलाई 

२०७६ फागुन, १२  
शेयर / बैङ्किङ गतिविधि
NA


काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डोल्पाको ठूलीभेरी नगरपालिकास्थित दुनैमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आइतवार एक कार्यक्रमबीच रू. ५० हजार सहयोग गरेको हो । उक्त सहयोग रकमबाट हिमाली छात्रावासमा रही अध्ययन गरिरहेका २५ जना छात्र÷छात्राहरू र महिला फीडर छात्रवासका २० जना छात्राका लागि आवश्यक खाद्यान्न लगायत खरीद गर्ने विद्यालयको भनाइ छ । बैंकले आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्