ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आरएमडीसी लघुवित्तद्वारा ओसीसीईडीलाई सहयोग

२०७६ फागुन, १२  
बजार
Image Not Found


काठमाडौं (अस) । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत मंगलवार काठमाडौंको कालोपुलस्थित समुदाय, वातावरण तथा बाल विकास संघ (ओसीसीईडी÷नेपाल)लाई नगद तथा खाद्य सामग्री सहयोग गरेको छ । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिचन्द्र ओझाले अनाथ बालबालिकालाई आश्रय दिँदै आएको संस्था ओसीसीईडी÷नेपालका अध्यक्ष विभोरलाल श्रेष्ठलाई रू. ५० हजार बराबरको खाद्य सामग्री र रू. ५० हजारको चेक हस्तान्तरण गरेका हुन् । 

लघुवित्तले गरेको यस प्रकारको सहयोगले संस्थालाई ठूलो राहत तथा हौसला मिलेको ओसीसीईडी÷नेपाल अध्यक्ष विभोरलाल श्रेष्ठले बताए । आरएमडीसी लघुवित्त नेपालका लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरूलाई थोक कर्जा प्रदान गर्ने तथा संस्थागत क्षमता विकासका लागि प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्