arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार

२०७६ मंसिर, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २०, काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार रहेको छ । बैंकले मंसिर ३० गते बोलाएको वार्षिक साधारण सभा प्रयोजनको लागि मंसिर २३ गते देखि ३० गते सम्म बुक क्लोज गर्दै छ । 

यस आधारमा सभामा भाग लिन र लाभांश प्राप्त गर्न मंसिर २२ गतेसम्म शेयर कायम गर्नुपर्नेछ । 

यस वर्ष बैंकले १७ दशमलव ६० प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ९३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

बिहीवार  बैंककोे अन्तिम शेयरमूल्य रू.३१५ कायम भएको छ । अघिल्लो दिनको तुलनामा रू.४ ले शेयरमूल्य बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्