arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धितोपत्र बोर्डको अध्यक्षका लागि ८ जनाको आवेदन, कहिले होला नियुक्ति ? 

२०७६ मंसिर, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २०, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आठ जनाको आवेदन परेको छ । अध्यक्षका लागि आवेदन दिने शुक्रवार अन्तिम दिन रहेको छ ।

बोर्डका अनुसार शुक्रबार सम्ममा आठ जनाको आवेदन परेको हो । 

आवेदकहरुमा बोर्डका कार्यकारी निर्देशक निरज गिरि, उप कार्यकारी निर्देशक नवराज अधिकारी र संचालक भिष्म कुमार ढुंगाना, बोर्डका पुर्वविज्ञ सदस्य नील बहादुर सारु मगर,नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का पूर्व महाप्रबन्धक सिताराम थपलिया र ब्रोकर व्यावसायी नरेन्द्र सिजापति सहित अन्य दुई जना रहेका छन् । 

अर्थ मन्त्रालयले कात्तिक २० गते गठन गरेको छनोट समितिले मंसिर ६ गते १५ दिनको म्याद दिएर दरखास्त आह्वान गरेको थियो । 

गठित समितिले अध्यक्षको लागि तीन जनाको नाम सिफारिस गर्नेछ । त्यसमध्ये बाट एक जना बोर्ड अध्यक्षमा नियुक्त हुने छन्  ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्