ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राष्ट्र बैंकको तथ्यांकप्रति असहमति

२०७६ फागुन, १३  
१० वर्ष अघि
NA


केही प्रमुख बैंकहरूले राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा कर्जासम्बन्धी तथ्यांकप्रति असहमति जनाएका छन् साथै उनीहरूले सबै प्रकारको स्थायी सम्पत्तिमा गरिएको लगानी खराब हो भन्ने प्रकारले प्रवाहित भएको सन्देश पनि गलत भएको बताए । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले राष्ट्र बैंकले दिएको घरजग्गा सम्बन्धी तथ्यांक वास्तविकतासँग मेल नखाएको बताए । किनकि व्यक्तिगत कर्जालाई पनि घरजग्गा कर्जामै राखिएको छ । सबै डुब्छन् भनेर सबैतिरबाट जसरी नकारात्मक रूपमा प्रचार गरिएको छ त्यो पनि युक्तिसंगत छैन भन्दै स्पेकुलेसनका लागि गरिएको लगानीलाई हतोत्साहित गरिनुुपर्छ तर सबै खालको घरजग्गामा भएको लगानी नकारात्मक हो भन्नु गलत हो । ‘अर्थतन्त्रमा पूर्वाधार विकासका लागि स्टिल, सिमेन्टजस्तो क्षेत्रमा लगानी त उत्पादनमूलक क्षेत्रमा गरिएको लगानी पो हो त । तर त्यसलाई पनि घरजग्गा कर्जामै राख्नु उचित होइन,’ उनले भने । ‘उदाहरणका लागि राष्ट्र बैंकको तथ्यांकले लक्ष्मी बैंकको घरजग्गा कर्जा निकै बढी भएको देखाए पनि यथार्थमा त्यो २० प्रतिशत मात्रै छ ।’ जोशीको भनाइ छ । 

वर्ष ५, अंक १७, २०६६, पुस १३–१९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्