ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बेलायतबाट ‘चेक’ आउट

२०७६ फागुन, १४  
१० वर्ष अघि
NA

नेपालमा बिना बैंक तथा वित्तीय संस्थाहरूको कारोबार गर्ने कुरा अकल्पनीय छ । चेकको प्रयोग अहिलेसम्म विश्वभर नै बाक्लै भइरहेको छ । तर अत्याधुनिक प्रविधिको उच्च प्रयोग गर्दै आएको बेलायतले भने सन् २०१८ बाट चेकविहीन बैकिङ कारोबार अपनाउने भएको छ । सकेसम्म बढी प्रभावकारी भुक्तानी विकल्पको प्रयोगका लागि सधैं प्रयासरत रहेको बेलायतमा २१ अक्टोबर २०१८ बाट कुनै पनि प्रयोजनका लागि चेक जारी गर्ने वा चेकबाट भुक्तानी नहुने बेलायत भुक्तानी काउन्सिलले निर्णय गरेको छ । बेलायत भुक्तानी काउन्सिलले त्यहाँको वित्तीय संस्थाहरूको भुक्तानी प्रणाली अनुगमन गर्छ । बेलायतमा चेकको प्रयोग ३५० वर्षदेखि नै हुँदै आएको छ । यो पुरानो प्रणाली भइसकेकाले अब यसको प्रयोगलाई बिस्तारै कम गर्दै लगेर दीर्घकालमा अन्त्य गर्नका लागि गत बिहीवार भोटिङ भएको थियो ।

बेलायतमा अझै पनि चेकको प्रयोग हटी नसकेको भए पनि अहिले धेरैजसो भुक्तानी डेबिट कार्ड तथा क्रेडिट कार्डबाट हुन्छ । कागजी उपकरणको सट्टा त्योभन्दा धेरै प्रभावकारी, सहज र सरल भुक्तानीका साधनहरू उपलब्ध भएका छन् । ती विकल्पहरूको प्रयोगबाट हुने फाइदा उपभोग गर्दै चेकलाई क्रमशः प्रतिस्थापन गर्नुपर्ने काउन्सिलका प्रमुख कार्यकारी अधिकृत पाउल समीले बताएका छन् । बेलायतमा सन् १९९० मा दैनिक  ४ करोड १२ लाख थान चेक जारी हुन्थ्यो भने अहिले त्यो ४० लाखमा झरेको छ । 

बैंकहरूले एउटा चेकका  लागि अहिले करिब १ पाउन्ड खर्च बेहोर्नुपर्छ । यो खर्च घटाउँदा बैंकहरूलाई फाइदाजनक हुने काउन्सिलले बताएको छ ।
 
वर्ष ५, अंक १६, २०६६, पुस ६–१२

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्