ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोलखा महोत्सव फागुन २१ देखि शुरु, ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान

२०७६ फागुन, १४  
वाग्मती प्रदेश
Image Not Found

फागुन १४, दोलखा । नेपाल  भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका वस्तुको प्रदर्शनका लागि निःशुल्क व्यापारिक कक्षको व्यवस्था गर्दै पहिलोपटक दोलखा उद्योग वाणिज्य संघले यही फागुन २१ गतेदेखि ३० गतेसम्म महोत्सव गर्ने भएको हो ।

जिल्लालाई आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिकरूपमा मजबुत बनाउने उद्देश्यका साथ महोत्सव गर्न लागेको संघले जानकारी दिएको छ । महोत्सवमा १५० भन्दाबढी विक्रीकक्ष राखिनेछन् । पचास हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा लगानी सम्मेलनसमेत हुनेछ । 

दोलखा जिल्लामा बढीभन्दा बढी लगानीकर्ता भित्र्याई रोजगारी सिर्जना गर्ने उद्देश्यले महोत्सवमा लगानी सम्मेलनसमेत गर्न लागेको संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए । यसका लागि जिल्लाका मेघा परियोजना पहिचान गरी लगानीकर्तासमक्ष प्रस्ताव गरिने अध्यक्ष श्रेष्ठले बताए । 

सूचना प्रविधिको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, जलविद्युत् आयोजनाबारे छलफल, हेलिकप्टरमार्फत दृष्यावलोकन, लाखेनाच प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, दोलखा फोटो प्रदर्शनीजस्ता आकर्षण रहने संघका महासचिव हेमराज रिमालले बताए । महोत्सवको अवसर पारेर दोलखामा रहेको होटलले विशेष छुट प्याकेजसमेत ल्याउने उनले जानकारी दिए । 

दोलखाको सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा हुने महोत्वसमा रू. एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । रिमालले जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रभाव पार्ने भएकाले महोत्सवलाई सफल बनाउन सबैले सकारात्मक भूमिका निर्वाह गर्न अनुरोध गरे । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्