ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआइबिएल समृद्धि फण्ड १ को प्रति इकाई खुद मूल्य ११.३०

२०७६ फागुन, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १४, काठमाडौं । माघ मसान्तसम्ममा एनआइबिएल समृद्धि फण्ड १ को प्रतिइकाई खुद मूल्य रू. ११ दशमलव ३० रहेको छ । यो मूल्य पुस मसान्तमा रू. १० दशमलव ५७ थियो । यस योजनाले माघ मसान्तसम्ममा रू. १२ करोड ५९ लाख नाफा कमाएको छ । पुस मसान्तसम्मको तुलनामा माघ मसान्तमा नाफा १४० प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा योजनाले रू. ५ करोड २४ लाख नाफा कमाएको थियो । 

माघ महीनासम्म योजनाको धितोपत्र र बैंक निक्षेपमा ब्रोकर कमिशन सहितको लगानीको परल मूल्य रू. ८६ करोड ५१ लाख रहेको छ । यो लगानीको बजार मूल्य भने माघ महीनामा रू. ९२ करोड ७४ लाखभन्दा बढी छ । पुस महीनाको तुलनामा धितोपत्र तथा अन्य लगानीको बजारमूल्य माघ महीनामा बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्