ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

म्यान यूको आम्दानी घट्यो

२०७६ फागुन, १४  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन १४, लन्डन (बेलायत) । इङ्गलिश प्रिमियर लिग फूटबलको प्रमुख क्लब म्यान्चेष्टर यूनाइटेड (म्यान यू)को आम्दानी घटेको छ । डिसेम्बरसम्मको ६ महीनामा क्लबले ३० करोड ३८ लाख पाउन्ड स्टर्लिङ आम्दानी गरेको छ । आम्दानीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा करीब १२ प्रतिशत कम हो । 

च्याम्पियन लिगमा क्लबको अनुपस्थितिका कारण आम्दानी प्रभावित भएको हो । समीक्षा अवधिमा व्यवसायीक आम्दानी साढे ६ प्रतिशतले बढेको छ । म्याचडेमा हुने आम्दानी लगभग उस्तै छ । तर प्रशारण आम्दानी ३३ दशमलव ४ प्रतिशत घटेको छ । सन् २०२० मा क्लबको कुल आम्दानी ५६ करोड पाउन्डदेखि ५८ करोड पाउन्डबीच रहने अपेक्षा गरिएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्