ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एभरेस्ट बैंक र सोल्टी इन्टरप्राइजेजबीच छूट सम्झौता 

२०७६ फागुन, १५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found


काठमाडौं (अस) । एभरेस्ट बैंक र सोल्टी इन्टरप्राइजेजबीच बैंकका ग्राहकलाई छूट प्रदान गर्नेसम्बन्धी साझेदारी भएको छ । काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टइन्डमा बैंकका ग्राहकहरूले छूट पाउने भएका हुन् । 

साझेदारीअनुसार बैंकका ग्राहकले दुवै होटलको निर्धारित मूल्यमा १० प्रतिशत छूट पाउनेछन् । बैंकका ग्राहकले आप्mनो एटीएम वा क्रेडिट कार्डमार्फत कारोबार गर्दा सो छूट प्राप्त गर्ने बताइएको छ । बैंकका ९५ स्थानीय शाखा, ३ एक्स्टेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटीएम सञ्चालनमा छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्