ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल

२०७६ फागुन, १५  
बजार
NA

काठमाडौं (अस) । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णुकुमार अग्रवाल संघको वरिष्ठ उपाध्यक्षमा मनोनीत भएका छन् । परिसंघको गभर्निङ काउन्सिल र पदाधिकारी  समितिको बैठकले विधानको व्यवस्थाअनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेको हो । 

परिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषद्को सदस्यका साथै विभिन्न समितिको संयोजकका रूपमा काम गर्दै आएका अग्रवाल परिसंघको १३औं वार्षिक साधारणसभापछि उपाध्यक्ष निर्वाचित भएका थिए । विभिन्न उद्योग, बैंक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग पनि आबद्ध उनी परिसंघसँग आबद्ध सीएनआई–वाईईएफका संस्थापक पनि हुन् । परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको स्वतः अध्यक्ष हुने प्रावधान छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्