arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निशानलाई साढे २ अर्ब येन तिराउन सिफारिश

२०७६ मंसिर, २४  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर २४, टोकियो (जापान) । जापानको शेयर बजार नियामकले घरेलु अटो निर्माता कम्पनी ‘निशान मोटर कम्पनी लिमिटेड’लाई झण्डै साढे २ अर्ब येन तिराउन सिफारिश गरेको छ । 

कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोनलाई धेरै तलब सुविधा दिएर थोरै देखाएको मामिलामा कम्पनीलाई २ अर्ब ४० करोड येन (२ करोड २० लाख डलर) जरिवाना तिराउन बजार नियामकल वित्तीय नियामकलाई सिफारिश गरेको हो । 

यो जरिवानाले सन् २०१८ को मार्चसम्मको चार वर्ष समेट्ने सेक्यरिटिज एण्ड एक्सचेञ्ज सर्भिलियन्स कमिशन (एसईएससी)ले मंगलवार एक विज्ञप्तिमा बताएको छ । 
वित्तीय अनियमितताको आरोपमा गोन गत वर्षको नोभेम्बरमा पक्राउ परेका थिए । 

उनीमाथि करीब १ दशकसम्म आफ्नो तलब ९ अर्ब १० करोड येन (८ करोड ४७ लाख डलर) कम देखाएको र व्यक्तिगत वित्तीय अस्थायी रुपमा घाटा निशानको खातामा सारेको लगायत अभियोग लागेको छ । 

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले जुनमा नै यस मामिलामा निशानलाई ४ अर्ब येन जरिवाना तिराइन सक्ने र कम्पनीले औपचारिक अनुसन्धान शुरु हुनु अघि नै एसईएससीमा काजगपत्र बुझाएमा जरिवानाको रकम घटेर २ अर्ब ४० करोड येनमा आउन सक्ने बताएको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्