ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

इन्भेस्टमेन्ट बैंकका दुई योजना सार्वजनिक

२०७६ फागुन, १५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल)ले ३४औं वार्षिकोत्सवका अवसरमा दुई ओटा व्यावसायिक योजना सार्वजनिक गरेको छ । पहिलो योजनाअन्तर्गत भिसा डोमेस्टिक क्रेडिट/डेबिट कार्ड तथा मास्टरकार्ड र डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यासब्याक दिने बैंकको भनाइ छ । जुन अधिकतम रू. ३  हजार ४०० सम्मको हुनेछ । दोस्रो योजनाका रूपमा बैंकले सिम्रिक एयरसँगको सहकार्यमा ६ महीनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत मासिक रू. ३ हजार ४०० को किस्ताबन्दीमा गोसाईँकुण्ड भ्रमण प्याकेज उपलब्ध गराएको छ । मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवको दिनदेखि आगामी चैत १८ गतेसम्म उपलब्ध हुने बैंकले जानकारी दिएको छ । 

त्यस्तै, बैंकले बालबालिकाका लागि चित्रकथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’ पनि सार्वजनिक गरेको छ । बैंकले यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्