ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गुरुकुल चलाउन वर्षेनि महायज्ञ 

२०७६ फागुन, १५  
गण्डकी प्रदेश
NA
author avatar अभियान संवाददाता

स्याङ्जा पक्की भवनले विद्यार्थीमा ल्यायो खुशी  पठनपाठन सञ्चालनका लागि आर्थिक अभाव भएपछि स्याङ्जाको मणिमुकुन्देश्वर आधारभूत गुरुकुल पाठशालाले वर्षेनि महायज्ञ गर्दै आएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–८ दिम्पा उत्तरगंगामा उक्त पाठशालाले आर्थिक सहयोग संकलनका लागि विगत १३ वर्षदेखि वार्षिक रूपमा महायज्ञ लगाउँदै आएको हो ।

पाठशाला सञ्चालनको खर्च जुटाउन पुराण/महायज्ञ लगाउनुपरेको पाठशाला व्यवस्थापन समितिका अध्यक्ष दीर्घबन्धु पौडेलले बताए । गुरुकुलको नाममा रहेको ३२ रोपनी गुठी जग्गाको भाडाबाट वार्षिक ६० हजार संकलन हुँदै आएको छ । ‘भाडाबापत आउने रकमले मात्र गुरुकुल चलाउन सकिएन,’ उनले भने, ‘त्यसैले धार्मिक अनुष्ठानमार्फत आर्थिक संकलन गर्नुपर्ने बाध्यता छ ।’

धार्मिक, पर्यटकीय एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण कालीगण्डकी नदीको तटमा अवस्थित गुरुकुल सञ्चालनको मुख्य आधार नै पुराण तथा धनधान्याचल महायज्ञ भएको उनले बताए ।

‘सोमवार मात्रै अग्नि पुराण सम्पन्न गरेका छौं,’ उनले भने, ‘आगामी वर्ष क्रमशः अठार पुराण पूरा गर्ने लक्ष्य छ ।’ गुरुकुललाई समय समयमा विभिन्न व्यक्ति तथा संघसंस्थाद्वारा आर्थिक सहयोगसहित लत्ताकपडा, खाद्यान्न, शैक्षिक सामग्री, पोशाकहरू प्राप्त हुने गरेको उनको भनाइ छ ।

हाल ६ देखि ८ कक्षासम्म सञ्चालनमा रहेको पाठशालामा आगामी शैक्षिक सत्रदेखि ९ कक्षा थप गर्ने अनुमतिका लागि चापाकोट नगरपालिकामा प्रस्ताव पेश गरिएको पौडेलले बताए । हिन्दू धर्मावलम्बीको चाडपर्व, रीतिरिवाज, चालचलन र रहनसहनलाई निरन्तरता दिन पाठशालामा विशेषगरी संस्कृत भाषा, व्याकरण, रुद्री वेद, कर्मकाण्ड लगायतका विषय पठाउने गरिएको प्रधानाध्यापक किरण आचार्यले बताए । साथै अंग्रेजी, नेपाली, सामाजिक, गणित र कम्प्युटर शिक्षा गरी कुल ८०० पूर्णांकको पाठ्यक्रम लागू गरिएको उनको भनाइ छ ।

‘पाठशालामा स्याङ्जासहित जुम्ला, कास्की, पाल्पा, सुर्खेतका २० जना विद्यार्थी, पाँचजना गुरु र तीनजना भान्छे तथा सहयोगीलाई निःशुल्क भोजनसहित आवासीय व्यवस्था गरिएको आचार्यले जानकारी दिए । संस्कृत शिक्षाको संरक्षण र संबद्र्धन गर्ने उद्देश्यले स्थापना गुरुकुल उक्त पाठशालामा संस्कृतसँगै आधुनिक शिक्षाका कारण विद्यार्थीको चाप बढ्दै गएको उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्