ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चामुण्डा–ठाटीकाँध जोड्ने झोलुंगे पुलको निर्माण गरिँदै 

२०७६ फागुन, १५  
कर्णाली प्रदेश
NA
author avatar अभियान संवाददाता

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने सबैभन्दा ठूलो खोला रामाघाटमा झोलुंगे पुल निर्माण गरिने भएको छ । चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले पुल निर्माणका लागि ३५ लाख २२ हजार ९०८ रुपैयाँ बजेट पठाएको छ । 

खोलामा वार–पार गर्ने समयमा यसअघि स्थानीय बासिन्दालाई खोलाले बगाएपछि पुल निर्माण थालिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक बुढाले बताए । पुल निर्माणमा हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । वर्षौंदेखि पुल निर्माणको प्रतीक्षामा रहेका दुई स्थानीय तहका हजारौं नागरिक पुल निर्माण शुरू भएपछि उत्साहित छन् । 

पुलले चामुण्डाबिन्द्रासैनी नगरपालिकाको वडा नम्बर ३ र ठाटीकाँध गाउँपालिकाको वडा नम्बर १ जोड्नेछ । ८० मिटर लामो यो पुल निर्माण भएपछि दुवै स्थानीय तहका बासिन्दालाई आवतजावतकासाथै सामान ढुवानीमा सहज हुनेछ ।

आगामी वैशाखदेखि पुल सञ्चालनमा ल्याउनेगरी काम थालिएको निर्माण समितिका अध्यक्ष बुढाले बताए । ‘करीब १८ लाख रुपैयाँ बराबरको सामग्री ढुवानी भइसकेको छ,’ उनले भने, ‘पुलका लागि आवश्यक पर्ने लठ्ठाको ढुवानी केही दिनमै हुनेछ । ठाटीकाँध गाउँपालिका–१ सिराडीका स्थानीय मानबहादुर शाहीले पुल निर्माण भएपछि साविकको भन्दा ३ घण्टा कम समयमै चामुण्डा बजार जान सकिने बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्