arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सानिमा माई हाइड्रोको साधारण सभा पुस २७ गते, १०.५२६८ प्रतिशत लाभांशको प्रस्ताव

२०७६ मंसिर, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २७, काठमाडौं । सानिमा माई हाइड्रोपावरको आठौं वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ । सभा सुकेधारा, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले सो मितिमा सभा गर्ने निर्णय गरेको हो ।  

साभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाको प्रस्तावमा जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा विविध विषयहरु रहेका छन् । 

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका पुस ७ गते (एक दिन) बन्द रहनेछ । पुस ६ गतेसम्म शेयर किन्ने शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्