ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘विद्यालयलाई बन्द हड्तालको सिकार बनाउन पाइदैन’ 

Mar 4, 2020  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २१, काठमाडौं । अधिकांश दल, संघ संगठनहरूले आफ्नो माग पूरा गर्न बनद र हड्तालको माध्यमबाट विशेष गरेर विद्यालयलाई  सिकार बनाउने गरेका छन् । ‘विद्यालय शान्ति क्षेत्र हुन्’ भनेर पटक– पटक विभिन्न दलहरू तथा सरोकार संस्थाहरूले  सहमती जनाए पनि शैक्षिक हडताल रोकिएको छैन । 

पछिल्लो समय थरुहट थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते शैक्षिक आम हड्ताल आव्हान गरेकोले यसप्रति विभिन्न ८ शैंक्षिक संघ संस्थाहरूले विरोध गरेका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, शिक्षा पत्रकार समूह, राष्ट्रिय बाल संरक्षण संजाललगायतका ८ ओटा संघ–संस्थाहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी विरोध गरेका हुन् । 

यस्ता बन्द र हड्तालले बालबालिकाको निर्वाध शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित गर्ने सरोकारवालाले यस्ता बन्द र हड्ताल नगर्न अपिल गरेका छन् । यस्ता गतिविधिले नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३१ को शिक्षासम्बन्धी हक, बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ (८) विपरित शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पढ्न पाउने बालबालिकाको हकको ठाडो उलंघन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा शिक्षण सिकाईको प्रत्याभूति गराउने दायित्व सरकारको भएकाले त्यसतर्फ संघीय, प्रदेश तथा स्थानीय सरकारले आवश्यक ध्यान दिन अवश्यक रहेको उल्लेख गरिएको छ ।

सम्पूर्ण राजनीतिक दल, विद्यार्थी तथा पेशागत संघ सगठन, विभिन्न क्षेत्र तथा जातीय संगठनहरुलाई पनि बालबालिका शान्ति क्षेत्र हुन् भन्ने अवधारणाको सम्मान तथा आत्मसाथ गर्न पनि ती संघसंस्थाहरुले आग्रह गरेका छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्