ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतको सेवा क्षेत्रमा ७ वर्षकै उच्च वृद्धि

Mar 4, 2020  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन २१, बेंगलुरु (भारत) । भारतको सेवा क्षेत्र गत महीना सात वर्षभन्दा बढी समययताकै उच्च दरमा बढेको छ । विदेश मागमा आएको सुधार र सुदृढ व्यवसायीक मनोबलका कारण सेवा क्षेत्रमा उछाल आएको निजी क्षेत्रको एउटा सर्वेक्षणले देखाएको हो । 

बजार अनुसन्धाता संस्था निक्केई र आईएचएस मार्किट सर्भिसेजले गरेको सर्वेक्षणअनुसार फेबु्रअरीमा पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) ५७ दशमलव ५ अंकमा उक्लिएको छ । यो सन् २०१३ को जनवरीयताकै उच्च हो । 

जनवरीमा यो सूचक ५५ दशमलव ५ अंक थियो । कुनै पनि आर्थिक क्षेत्रको गतिविधि देखाउने यो सूचक ५० अंक भन्दा माथि रहेमा सो क्षेत्रमा वृद्धि भइरहेको बुुझिन्छ । 

घरेलु र अन्तरराष्ट्रिय बजारबाट सेवाको मागमा भएको सुदृढ वृद्धिका कारण सूचकमा उछाल आएको एक विज्ञप्तिमा आईएचएस मार्किटकी प्रमुख अर्थशास्त्री पोलियाना डि लिमाले बताइन् । 

म्यानुफ्याक्चरिङ र सेवा क्षेत्रमा नयाँ कामको अर्डरमा आएको सकारात्मक वृद्धिले मार्चमा पनि निजी क्षेत्रको उत्पादन बढ्ने देखाएको उनले बताइन् । समीक्षा अवधिमा उपसूचकमा वृद्धिको दर भने जनवरीको ७ वर्षकै उच्च बिन्दुबाट सुस्ताएको छ । तर यो अझै पनि दीर्घकालीन औसतभन्दा माथि छ । 

जनवरीमा ५० अंकभन्दा तल आएको नयाँ निर्यात व्यवसाय सूचक फेब्रुअरीमा सो स्तरबाट माथि आएको छ । तर पनि कम्पनीहरुले कर्मचारी भर्तीमा उल्लेख्य वृद्धि गर्न भने सकेनन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्