arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निर्धन उत्थानको बोनस शेयरको मूल्य समायोजन

२०७६ मंसिर, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३०, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले २५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ७७८ दशमलव ४० तोकेको छ ।  

कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर ३० गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजका आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन । यस वर्ष २५ प्रतिशत बोनस शेयर सहित कम्पनीले बोनस शेयर कर प्रयोजन समेत १५ दशमलव ५३ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको छ । सभा पुस १३ गते हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्